Monday May 13, 2024
BS 2081 Baishak 31
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

एप्पल, फेसबुक, गूगलसहित ९७ प्रविधि कम्पनीले दिए ट्रम्पलाई चुनौति

Feb 7, 2017 under Accidents/Incidents 105 , Science & Tech 185 , World 513

एप्पल, फेसबुक, गूगलसहितका अमेरिकाकै सबैभन्दा ठूला ९७ प्रविधि कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धविरुद्ध सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् ।

ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् ।

सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना कम्पनीहरुलाई प्रतिभा खोज्न गाह्रो पर्ने तर्क गरेका छन् ।

यद्यपि, एक अदालतले ट्रम्पको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिइसकेको छ ।

यता, अमेरिकी कानून विभागले भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश निलम्बित गर्ने अदालती आदेशविरुद्ध चुनौति दिएको छ ।

प्रतिबन्धले राष्ट्रपतिको शक्तिको सीमालाई खुम्च्याउन खोजेको भन्दै कानून विभागले संघीय अदालतको रोक लगाउने निर्णय गलत भएको जिकीर गरेको हो ।

यसबारे पनि सानफ्रान्सिस्को अदालतमै मंगलवार सुनुवाई हुँदैछ । राष्ट्रपति ट्रम्पले २५ जनवरीमा सात मुस्लिम बहुल मुलुक सीरिया, ईरान, लीबिया, इराक, सोमालिया, सूडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । (एजेन्सी)

ImageKhabar.com
No news.
Australian Dollar to Nepalese Rs